पोखरा महोत्सवको रौनक बढ्दै, आइपुग्यो हिमाली याक

पाेखरा | पुस २७, २०८०

पोखरा महोत्सवको रौनक बढ्दै, आइपुग्यो हिमाली याक

पोखरा:  बिहीबारदेखि पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं महोत्सवमा रौनक बढ्दै गएको छ । महोत्सवको दोश्रो दिन जारी रहदा महोत्सव स्थलमा हिमाली याकको प्रदर्शनी र घोडसवारले रौनक थपेको हो ।

 

हिमाली भेगमा मात्र पाइने याकलाई पोखरा महोत्सवमा पहिलो पटक प्रदर्शनीमा राखिएको हो । याक प्रदर्शनी संगै यसका बारेमा जानकारी दिइने भएकाले महोत्सवमा आउनेहरुले महोत्सवको रमाइलो संगै याकको बारेमा जान्न सक्नेछन् ।

 

त्यसैगरी महोत्सवमा घोडसवारबाट समेत दर्शकहरुले मनोरन्जन लिन सक्ने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

 

 

त्यसैगरी महोत्सव प्रवेशमा काटिने हरेक टिकटमा नेपाल टेलिकमको  सिमकार्ड निशुल्क गरिएको छ । महोत्सवको टिकट काटेर भित्र छिर्ने दर्शकले महोत्सव परिसरमा राखिएको नेपाल टेलिकमको स्टलबाट सिमकार्ड लिन सक्नेछन् ।

 

त्यसैगरी पोखरा महोत्सवमा घरमै बसेर पनि अनलाइनमार्फत टिकट काट्न सक्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए । महोत्सवमा वढी भिडभाड हुने भएकाले आयोजकले रेभल संग सहकार्य गरेर अनलाइन मार्फत टिकट काट्ने ब्यवस्था मिलाएको हो ।

 

महोत्सवमा आउन चाहने दर्शकहरुले घरमै बसेर रेभल एप मार्फत पोखरा महोत्सवको टिकट काट्न सक्नेछन् ।

 

 

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्धारा लोकदोहोरी र विभिन्न ख्याति प्राप्त ब्याण्डहरुको लाइभ कन्सर्टबाट समेत दर्शकहरुले मनोरन्जन लिन सक्नेछन ।

 

महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ पशुपति शर्मा, जीवन दाहाल, शिवहरी ढुंगाना, केशव सापकोटा, सुरेशरमन अधिकारी, सन्तोष सुवेदी, ज्योती लोहोनी, पुजा तामाङ, शान्ता बर्देवा लगायतको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ ब्याण्ड तर्फ स्थानिय ब्याण्डहरु ब्ल्याक फेदर, प्रोभर्वस र ब्ल्याक ओको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।

 

महोत्सवमा शनिवार लोकदोहोरी तर्फ प्रिती आले, प्रजापति पराजुली, जिवन दाहाल, शिवहरी ढुंगाना, अमर धिताल, निश्चल थापा, किसन नेपाली, सुरज आचार्य, सरस्वती लामिछाने, इन्द्रा गुरुङ, सगीता गुरुङ लगायतको प्रस्तुती रहनेछने हांस्यब्यङग्य तर्फ दिपक थापा मगर र सांझको लाइभब्याण्ड तर्फ माइलाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्